Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण नभएपछि रोजगारदाता थप निराश

यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण नभएपछि रोजगारदाता थप निराश

बिहिवार, जेठ ३१ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएपछि यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणको काम प्रभावित भएको छ । 

    बुधबार प्रणालीमा समस्या आएका कारण रोजगारदाता दूतावास पुगेर फर्केपछि व्यवसायी थप निराश बनेको बताइएको छ । फेमिसमा समस्या आएपछि बुधबार दुइ दर्जन बढी यूएईका रोजगारदाताको फाइल अपलोड हुन नसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विभाग समन्वय समिति संयोजक कर्णराज कटुवालले बताए।

    images


    यूएईस्थित नेपाली दूतावासले जुन १० तारिक अर्थात सोमबारबाट अनलाइन प्रणालीबाट मात्रै मागपत्र प्रमाणीकरणको प्रक्रिया शुरूवात गरिएको सार्वजनिक गरेको थियोे ।त्यसअघि व्यवसायीहरूले सय जनाभन्दा कम संख्याको डिमाण्डमात्रै अनलाइनमा पेस गर्न सकिने र सयभन्दा बढीको डिमाण्ड भएको अवस्थामा रोजगारदाता कम्पनीको प्रतिनिधिसँग छलफल गर्नुपर्ने व्यवस्था दूतावासले गरेको भन्दै असन्तुष्टि जनाएका थिए । 

    यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने उद्घोष नै गरेका थिए । उनले फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल पनि गरेका थिए ।

    मन्त्री अर्यालले फेमिसले काम नगरे विकल्प खोज्ने बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार