Oct 28 2026 | २०८३ कार्तिक १२ गते

निर्वाचनमा अति दक्षिणपन्थीलाई हराउन पुनः सङ्गठित हुन उदारवादी नेताहरूसँग म्याक्रोनको आग्रह

निर्वाचनमा अति दक्षिणपन्थीलाई हराउन पुनः सङ्गठित हुन उदारवादी नेताहरूसँग म्याक्रोनको आग्रह

बिहिवार, जेठ ३१ २०८१
  • फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बुधबार आगामी राष्ट्रिय विधायी निर्वाचनमा वामपन्थी र दक्षिणपन्थी उदारवादी राजनीतिज्ञहरूसँग अति दक्षिणपन्थीहरूलाई हराउन एकजुट हुन आग्रह गर्नुभएको छ । 
     
    युरोपेली संसदीय मतदानमा आफ्नो पार्टीको लज्जास्पद पराजयपछि उहाँले राष्ट्रिय निर्वाचनको आह्वान गर्नुभएको थियो । 
     
    फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बली भङ्ग गर्ने आइतबारको आश्चर्यजनक निर्णयपछि उदास देखिनुभएका म्याक्रोनले पहिलो पटक फ्रान्सेली मतदाताहरूलाई सम्बोधन गर्नुभयो । 
     
    उहाँको उक्त कदमपछि प्रारम्भिक विधायी निर्वाचन सुरु भएको छ । मरिन ले पेनको अति दक्षिणपन्थी नेसनल र्याली पार्टीलाई युरोपेली सङ्घ (इयु) को संसद्को निर्वाचनमा जीत हासिल भएको तीन सातापछि निर्वाचन जुन ३० र जुलाई ७ मा दुई चरणमा हुनेछ । 
     
    आफ्नो युरोपेली समर्थक पार्टीले लज्जास्पद पराजय बेहोरेपछि र नेसनल र्याली पार्टीका आफ्ना स्टार नेता जोर्डन बर्डेलासँग आधाभन्दा कम समर्थन प्राप्त गरेपछि नयाँ राजनीतिक वास्तविकतालाई बेवास्ता गर्न नसकेकाले आफूले जोखिमयुक्त कदम चाल्ने निर्णय गरेको म्याक्रोनले बुधबार पत्रकार सम्मेलनमा बताउनुभयो । 
     
    युक्रेनमा रुसको युद्ध, युरोपलाई अमेरिकाबाट स्वतन्त्र साझा रक्षा नीति बनाउने तथा चीनविरुद्ध व्यापार सुरक्षालाई बढावा दिने तरिकामा ध्यान केन्द्रित गर्नुको विपरित म्याक्रोन आप्रवासन, अपराध तथा इस्लामिक पृथकता रोक्नेसहित बढ्दो अधिकारजस्ता आफ्नो मुलुकको आन्तरिक मुद्दामा अडिग रहनुभएको छ ।
     
    उहाँले कुनै पनि हदसम्म ‘हुन्न’ भन्न सक्षम सद्भावनाका पुरुष र महिलाहरूसँग मुलुकका लागि संयुक्त परियोजना बनाउन सक्षम हुन एकसाथ आउन आह्वान गर्नुभयो । 
     
    पेरिसमा पत्रकार सम्मेलनमा राष्ट्रपति म्याक्रोनले भन्नुभयो, “आज चिजहरू सरल छन् ः हामीसँग दुवै चरम  सीमाहरूमा अप्राकृतिक गठबन्धन छ । यिनीहरू साझा गर्नुपर्ने कामबाहेक कुनै पनि कुरामा सहमत छैनन् र कुनै पनि कार्यक्रम लागु गर्न सक्षम छैनन् ।”
     
    आफ्नै मध्यमार्गी गठबन्धनका लागि उहाँले भन्नुमयो, “हामी पूर्ण छैनौँ, हामीले सबै कुरा सही गरेका छैनौँ तर हामीसँग नतिजा छ र सबैभन्दा ठूलो कसरी काम गर्नुपर्छ भन्ने हामीलाई थाहा छ ।”
     
    राष्ट्रपति म्याक्रोनको राजनीतिसँग असन्तुष्टि व्यक्त गर्ने निर्वाचनमा मतदाताहरूलाई पठाउने निर्णय जोखिमपूर्ण कदम थियो । यसबाट फ्रान्सेली अति दक्षिणपन्थीले दोस्रो विश्वयुद्धपछि पहिलोपटक सरकारको नेतृत्व गर्न सक्छ ।
     
    – न्युज एजन्सी 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार