Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चिकित्सक संघको अध्यक्षमा डा. रिजाल निर्वाचित,अन्य पदमा को–को ?

चिकित्सक संघको अध्यक्षमा डा. रिजाल निर्वाचित,अन्य पदमा को–को ?

मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । डा. रिजाल ३ हजार १९६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा डा. सन्जिव तिवारी ३ हजार ३६ मतसहित निर्वाचित भएका छन् । त्यसैगरी, कार्यसमितिको महासचिवमा डा. विश्वराज दवाडीले २ हजार ७२२ मत प्राप्त गरी जित सुनिश्चित गरेका छन् । 
    निर्वाचन समितिका अनुसार अन्य पदाधिकारीहरूमा कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्य, सह-सचिवमा डा. हुलास अग्रवाल र सह-कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्ल निर्वाचित भएका छन् । 

    images

    नव निर्वाचित कार्यसमिति 



    Nabil bank

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार