Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

मन्त्री पत्नी स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्त, विवादपछि दिइन् यस्तो स्पष्टीकरण

मन्त्री पत्नी स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्त, विवादपछि दिइन् यस्तो स्पष्टीकरण

मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि श्रेष्ठले प्रष्टीकरण दिएकी छन् ।

    मन्त्री पत्नी जुनुले आज बिहान फेसबुक स्ट्याटसमा स्पष्टीकरण दिँदै बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको बताएकी छन् ।

    images

    यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेकी जुनु साह श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपाले उठाएको परिवारवाद र मेरिटको कुरामाथि प्रश्न उठेको थियो ।

    जुनुको पछिल्लो नियुक्ति २०८० मंसिर १४ गते भएको थियो । उनले बीमित सदस्यको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

    पछिल्लो समय केही बैठकमा लगातार अनुपस्थित भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् । अहिले पुनः उनलाई सदस्यका रुपमा नियुक्ति दिएको नभई सदस्यका रूपमा बैठकमा निरन्तरतामात्र गराइएको दाबी स्वास्थ्यमन्त्रीको सचिवालयको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार