Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

४८ वटा नेपाली राहदानीसहित दिल्ली जान लागेकी महिला विमानस्थलबाट पक्राउ

४८ वटा नेपाली राहदानीसहित दिल्ली जान लागेकी महिला विमानस्थलबाट पक्राउ

बिहिवार, फाल्गुण १४ २०८२
  • काठमाडौं । ४८ वटा नेपाली राहदानीसहित दिल्ली जान लागेकी एक महिलालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ।

    भुटान एयरलाइन्सको उडान नं बि३ ७७३ बाट दिल्ली जान लागेको अवस्थामा प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका– १ स्थायी ठेगाना भएकी ४५ वर्षीया ताराचन्द चौधरीलाई पक्राउ गरेको हो।

    images

    पछाडि भिर्ने कालो रंगको झोला एक्स–रे मेसिनबाट स्क्रिनिङ गर्ने क्रममा ४८ वटा अवैध पासपोर्ट भेटिएपछि त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

    उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार