Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गोरखा सेवा समाज कतारले बृहत् सांस्कृतिक कार्यक्रम गर्ने, समीक्षा र निर्जला लगायतका कलाकारको प्रस्तुती रहने

गोरखा सेवा समाज कतारले बृहत् सांस्कृतिक कार्यक्रम गर्ने, समीक्षा र निर्जला लगायतका कलाकारको प्रस्तुती रहने

सोमवार, जेठ २८ २०८१
  • कतार । गोरखा सेवा समाज कतारले बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-अल-अदाको सार्वजनिक बिदाको अवसर पारेर "मानव सेवा आश्रम, गोरखा शाखाको भवन निर्माण सहयोगार्थ" उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयका व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र भर्षटायल गायक उर्गेन दोंग, लोक तथा दोहोरी गायिकाद्वय समीक्षा अधिकारी र निर्जला गुरुङ कतार आउने भएका छन् । आफूहरु कतार आउन लागेको जानकारी आफ्ना सामाजिक सञ्जालबाट दिँदै उनीहरुले कार्यक्रममा निमन्त्रणासमेत गरेका छन् । जुन १७ तारिक सोमबार अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुने कार्यक्रममा केही स्थानीय कलाकारले समेत सांगीतिक प्रस्तुति दिने भएका छन् ।

    images

    कलाकारको भिसालगायतका सबै प्रक्रिया पूरा गरेर टिकट बिक्री गर्न शुरु गरेको समाजले सबै नेपालीहरूको सहजताका लागि कतारमा रहेका सम्पूर्ण नेपाली रेष्टुरेन्टहरुमा टिकट पाइने जनाएको छ । प्रत्येक व्यक्तिले टिकट खरिद गर्नु नै मानवीय सेवा हुने कार्यक्रमका संयोजक राकेश श्रेष्ठले बताए । सेवा आश्रमको अभियानमा लामो समयदेखि जोडिएका श्रेष्ठले कार्यक्रम स्थलसम्म आउन जानका लागि कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको बताए । 

    थप जानकारीका लागि राकेश श्रेष्ठ- ५५९९७५३९, रामजी खत्री- ७७७२३१४७, ओम गुरुङ- ५५९४२८१३, विमल न्यौपाने- ५०७४१९००, विकास श्रेष्ठ- ३०८९१९३१, सुजन धिताल- ७०७९७८४६ र अर्जुन सङ्ग्रौला- ७०६१८००९ मा सम्पर्क गर्न समाजले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार