Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

यूएई पठाउँछु भन्दै ठगेको आरोपमा एक जना पक्राउ

यूएई पठाउँछु भन्दै ठगेको आरोपमा एक जना पक्राउ

मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाएर यूएई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा प्युठानको नौबाहिनी घर भएर कोटेश्वर बस्ने मिनराज राना क्षेत्री छन् । ३२ वर्षीय क्षेत्रीलाई काठमाडौँ महानगरपालिका वडा नम्बर–९ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

    images

    आरोपीले २ लाख ३० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । उनलाई थप अनुसन्धान र कारबाहीको लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार