Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

साउन महिनामा मात्रै यूएईमा ३२ नेपालीले गुमाए ज्यान

साउन महिनामा मात्रै यूएईमा ३२ नेपालीले गुमाए ज्यान

शुक्रवार, भाद्र ६ २०८२
  • वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) मा पछिल्लो महिनामा मात्रै ३२ नेपालीले ज्यान गुमाएका छन्।

    यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ३२ नेपालीले ज्यान गुमाएका हुन्। उनीहरू सबै रोजगारीका लागि यूएई पुगेकाहरू हुन्।

    images

    अघिल्लो वर्ष पनि साउन महिनामा ३० नेपालीले ज्यान गुमाएका थिए। आर्थिक वर्ष ०८१/०८२ मा ३१२ मा जना नेपालीको निधन भएको दूतावासले जनाएको छ।

    त्यस्तै आर्थिक वर्ष ०८०/८१ मा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। नेपालीको ज्यान जानुको कारण भने सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत रहेको दूतावासले जनाएको छ।

    गत आर्थिक वर्षमा औसतमा हरेक महिनामा २६ नेपालीले ज्यान गुमाए।

    गत साता कुवेतमा पनि विषादी मिसिएको मदिरा सेवनबाट ११ नेपालीले ज्यान गुमाएका थिए। अझै केही नेपाली अस्पतालमै उपचाररत रहेको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार