काठमाडौं । उपप्र्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले साउदी आईडी समस्या समाधानका लागि मन्त्रालयबाट तत्कालै पहल गर्ने बताएका छन् ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
माओवादीका केन्द्रीय सदस्य तथा सांसद लेखनाथ दाहालसहितको टोली १० बुँदे ज्ञापनपत्र सहित मन्त्री श्रेष्ठलाई भेट्न पुगेका थिए । मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङले बुझाएको ज्ञापनपत्रमा मुलुकको अर्थतन्त्रलाई विप्रेषण चलायमान बनाएको अहिलेको अवस्थामा विदेशस्थित नेपाली दूतावास र नियोगहरूले प्रभावकारीरूपमा जिम्मेवारी पूरा नगर्दा युरोपेली मुलुकहरूको आकर्षक तलबसहितको रोजगारी गुमेको उल्लेख छ ।
वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा जाने कामदारको हक हितको संरक्षण, वैदेशिक रोजगार ऐनमा सुधार, बजार प्रवद्र्धन र लागत खर्चको आधार कामदार पठाउँदा लिने सेवा शुल्कमा समयानुकूल वृद्धि जस्ता माग लिएर भेट्न पुगेको टोलीलाई मन्त्री श्रेष्ठले ज्ञापनपत्रमा उल्लेखित अन्य विषयको सम्बोधन गर्न अन्तरमन्त्रालय छलफल गर्ने विश्वास समेत दिलाएका छन् ।



