Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

साउदी सरकारले ६५ जना नेपालीलाई दियो आममाफी

साउदी सरकारले ६५ जना नेपालीलाई दियो आममाफी

शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौं । साउदी सरकारले ६५ जना नेपालीलाई आममाफी दिएको छ । पवित्र महिना रमजानको अवसरमा रोजगारीका लागि साउदी अरेबिया पुगेर नियम विपरीत काम गरि जेल सजाय भुक्तान गरिरहेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको हो।

    दूतावास रियादका अनुसार पवित्र महिना रमजान १४४६ को अवसर पारी साउदीको जेलमा रहेका ६५ जना नेपालीलाई साउदीले सरकारले दूतावासलाई लिखित रूपमा सूचना दिई आममाफी दिएको जानकारी गराएको छ साथै नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी समेत दिएको छ ।

    images

    आममाफी पाएका नेपालीहरूले विभिन्न अपराधमा जेल सजाय भोग्दै आइरहेका छन् । साउदी अरबमा लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले अवस्था हेरी आममाफी दिँदै आएको छ।

    साउदी सरकारले आममाफीका लागि ९० दिनको समय तोकेको हुन्छ। साउदीमा तीन करोड ८४ लाख जनसंख्या मध्ये एक करोड २० लाख आप्रवासी कार्यरत रहेका छन् भने हालसम्म कानुनविपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा समेत रहेका छन्।

    आममाफी पाउने नेपालीहरु साउदीका विभिन्न सहरका जेलमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार