Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

इरानको जेलमा रहेका नेपाली रिहा, सबै जना स्वेदश फिर्ता

इरानको जेलमा रहेका नेपाली रिहा, सबै जना स्वेदश फिर्ता

सोमवार, श्रावण १२ २०८२
  • काठमाडौँ । इरानको जेलमा रहेका पाँच नेपाली परराष्ट्र मन्त्रालयलको पहलमा थुनामुक्त भइ स्वेदश फर्किएका छन्।

    उनीहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनप्रति धन्यवाद ज्ञापन गरेको छ।

    इजरायल र इरानबीच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ का दिन दुवै पक्षबीच युद्धविराम भए पश्चात शान्ति सुरक्षाको स्थिति क्रमशः सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख छ।

    यस अवधिभित्र दुवै मुलुकमा रहेका नेपालीहरुको हकहित र सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयले यात्रासम्बन्धी सुझाव र सूचना जारी गरेको थियो। साथै आवश्यक परेको बखत आपतकालीन उद्धारका लागि विवरण संकलन गरिएको थियो।

    द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै ‘अपरेसन सिन्धु’ अन्तर्गत भारतीय नागरिकहरुलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट तीन चरणमा उद्धार गरिएका नौ जना नेपाली यसअघि नै भारत स्थलमार्गबाट सकुशल आ–आफ्नो घर फिर्ता भइसकेको परराष्ट्रले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार