Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

साढे ९ सय मेनपावर कम्पनीले ३ लाख ६० हजार श्रमिक विदेश पठाए

साढे ९ सय मेनपावर कम्पनीले ३ लाख ६० हजार श्रमिक विदेश पठाए

आर्थिक वर्ष २०८१/०८२ मा देशभरका मेनपावर कम्पनीहरुले कुल ३ लाख ५९ हजार ६९६ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाए

शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा देशभरका मेनपावर कम्पनीहरुले कुल ३ लाख ५९ हजार ६९६ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएका छन् । 

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय ५९ कम्पनीबाट ३ लाख २५ हजार १९९ जना पुरुष र ३४ हजार  ४९७  महिला विदेश गएका हुन् ।  मेनपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने महिलाको हिस्सा १० प्रतिशतभन्दा पनि कम रहेको छ । 

    images

    वैदेशिक रोजगारीमा धेरै पठाउनेमा नीलकमल ह्युमन रिसोर्स प्रा.लि.शीर्ष स्थानमा देखिएको छ ।  नीलकमल ह्युमन रिसोर्सले ८ हजार ६७३ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।  

    यस्तै दोस्रोमा प्याराडाइज इन्टरनेशनलले ८ हजार ६०८ जना,  तेस्रो स्थानमा रहेको एसओएस म्यानपावरले पनि ७ हजार ८५४ जना पठाएको छ । 

    चौथो स्थानदेखि भने संख्यामा ठूलो गिरावट देखिन्छ । लिंक इन्टरनेशनलले करिब ५ हजार कामदार पठाउँदा त्यसपछिका कम्पनीहरूले ३ देखि ४ हजारको बीचमा कामदार पठाएका छन् ।

    7.JPG
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार