काठमाडौं । आज सुन चाँदीको मुल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ रुपैयाँले बढेको हो।
छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।



