Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा?

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा?

बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिनमा सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको छ । 

    images

    बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ भने यसअघि बुधबार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ  रहेको थियो । 

    साथै, चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा आज बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

    आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । तर, उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार