Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कार दुर्घटना

अमेरिकामा कार दुर्घटनामा मृत्यु भएका दुई नेपालीमध्ये एक दाङका

अमेरिकामा कार दुर्घटनामा मृत्यु भएका दुई नेपालीमध्ये एक दाङका

यादवको घर भने सर्लाही

बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । अमेरिकामा हालै भएको  कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एकजना तुलसीपुर उपमहानगरपालिका, दाङका भएको खुलेको छ। 

    यही जुलाई १३ तारिख स्थानीय समयअनुसार शनिबार राति ९ बजेतिर लुइसियाना राजमार्ग ५०७ को पश्चिममा रहेको अमेरिकी राजमार्ग ८० मा कार दुर्घटना हुँदा नेपाली नागरिकद्वय २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। 

    images

    उनीहरूमध्ये ओलीको घर ठेगाना पत्ता लागेको हो। उनी तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरका भएको उनका काका पोषण ओलीले  जानकारी दिए।

    उनले भने, ‘घरमा बुवा-आमा र एक जना दाइ मात्र छन्, रोजिन १० महिनाअघि मात्र पढ्न अमेरिका गएका थिए।’ 

    उनी अमेरिकामा डाक्टरी पढ्दै थिए। 

    ओली र यादव दुवै लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए। दुर्घटनामा यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो।

    आफ्ना भतिजा रोजिनसँगै पढ्ने यादवको घर भने सर्लाही भन्नेसम्म सुनेको तर निश्चित जानकारी प्राप्त नभएको पोषण ओलीले बताए।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरू सवार कार रुखमा ठोकिँदै सडकबाट खसेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार