Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अडियो प्रकरण

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

अनुसन्धानमा सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए

मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

    मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए । उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका ’boutमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार