Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्धारा निर्माण गरिएको गीत सार्वजनिक (फोटो फिचर)

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्धारा निर्माण गरिएको गीत सार्वजनिक (फोटो फिचर)

सोमवार, आषाढ २३ २०८२
  • काठमाडौँ ।  नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले २ म्युजिक भिडियो र ७ वटा अडियो गीत सार्वजनिक गरेको छ।

    प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गरि राष्ट्रभाव झल्कने गीत लेखन प्रतियोगितामा छनोट भएका ७ प्रदेशका उकृष्ट ७ वटा गीत एकैसाथ सार्वजनिक गरेको हो। जसमध्ये कार्यक्रममा दुई गीतको भिडियो ‘तीते तीते’ र ‘लहबीरे’ बोलको गीतको म्युजिक भिडियो र अन्य गीतको अडियो बजाइएको थियो।

    images
    0a9ec0fb-1dd4-4904-8c9d-7af125421274.jpg

    शिक्षाको पहुँच नपुगेर विदेशिएका नेपालीहरुको यथार्थता झल्कने ‘तीते तीते’ गीतको म्युजिक भिडियोलाई अभि लामाले निर्देशन गरेका हुन्। गीतमा महेश खड्काको संगीत, प्रकाश सापकोटाको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ भने बिना रावत र अलि तामाङले अभिनय गरेका छन्।

    त्यस्तै अर्को भिडियो पूर्वी पहाड ओखलढुंगाका बायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख  ‘लहबीरे’ भाकाको आधारित रहेको छ। लाहाङ सुब्बाको संगीत संयोजन रहेको गीतमा कुमार प्रयास, परेश राई, तेजकुमार राई, इन्द्रकला राई, मनमाबी राई र रश्मी राईको स्वर छ। भिडियो अभि लामाले नै निर्देशन गरेका हुन्।

    कार्यक्रममा ७ प्रदेशको ७ उकृष्ट राष्ट्रभाव झल्कने अडियो गीत सार्वजनिक गरेको थियो। प्रदेशबाट सार्वजनिकमध्ये सुदूरपश्चिमको धीरन नाथको शब्द रहेको गीतमा शान्तिराम राईकोे संगीत र रोशन राईले स्वर रहेको छ। कर्णाली प्रदेशको गीतमा क्षितिज समर्पणको शब्द, महेश खड्काको संगीत, मिलन खपाङ्गी र मिना चौधरीको स्वर छ।

    यसैगरि मधेस प्रदेशबाट लिलाराज दाहालको शब्द, वसन्त सापकोटाको संगीत, प्रल्हाद तिमल्सिना र मनिसा सुनारको स्वर रहेको गीत छनोटमा परेको हो। लुम्बिनी प्रदेशकोमा वसन्तकुमार आचार्यको शब्द, आशीष अविरलको संगीत र स्वर छ।

    गण्डकी प्रदेशकोमा बाबुराम श्रेष्ठको शब्द, श्रीकृष्ण बम मल्लको संगीत र लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल र योगेश काजी शाहले गाएका छन्। बागमती प्रदेशको गीतमा सिर्जना अर्यालको शब्द, शान्तिराम राईको संगीत, रोशन राईको स्वर छ।

    कोशीबाट तेजकुमार राईको शब्द र महेश खड्काको संगीत र सन्दीप पनेरु र प्रिया पोखरेल पनेरुको स्वर रहेको गीत परेको छ। सबै गीत प्रज्ञा–प्रतिष्ठानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

    प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको प्रमुख आथित्यतामा भएको उक्त सार्वजनिकरण कार्यक्रमको संयोजक प्रतिष्ठानका उपकुलपति शम्भु राईले गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिष्ठानकी अध्यक्ष पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीतहरुको रेकर्ड गरिएको जानकारी दिइन् ।

    कार्यक्रमका संयोजक प्रतिष्ठानका उपकुलपति शम्भु राईले विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको सन्दर्भमा मौलिक नेपाली संस्कृतिको जोगेर्ना र अभिवृद्धिका लागि सबै जना एकजुट हुनुपर्ने बताए। उनले प्रतिष्ठान सबैको साझा सम्पति भएकोले सुझाव र सल्लाहको अपेक्षा गरेको बताए ।

    कार्यक्रममा सार्वजनिक भएका भिडियोका निर्देशक र गीतकार, संगीतकार,गायकगायिका लगायत अभिनय गर्ने सबै कलाकारलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

    नक्सालस्थित प्रज्ञा-प्रतिष्ठानको कार्यालय भवनमा आयोजना गरिएको उक्त कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव कुुश्मा महरा ‘प्रगति’ले सन्चालन गरेकी थिइन् ।

    e5b3d43b-2bd9-462d-9e44-ed86ed644a05.jpg
    fc666ad1-27e2-4c36-b9fe-c3bc3d71ff64.jpg
    undefined
    19a4a710-bc48-432b-bf23-ff86593668fc.jpg
    3d6743d3-fb86-4b1e-884f-f37a16434ce8.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार