Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए आयरल्याण्ड

एनआरएनए आयरल्याण्डको अध्यक्षमा ओलीको उम्मेदवारी घोषणा

एनआरएनए आयरल्याण्डको अध्यक्षमा ओलीको उम्मेदवारी घोषणा

सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डका वर्तमान उपाध्यक्ष चेतराज ओलीले आगामी २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

    लामो समयदेखि आयरल्याण्डको नेपाली समुदायमा सक्रिय ओलीले विभिन्न संघसंस्थामा रहेर काम गरिसकेको अनुभवलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

    images

    सन् २००९ मा एनआरएनए आयरल्याण्डको कार्यसमिति सदस्यबाट सामाजिक यात्रा सुरु गरेका उनी चितवन समाज आयरल्याण्डको संस्थापक अध्यक्षसहित दुई कार्यकाल अध्यक्ष, नेपाल आयरल्याण्ड सोसाइटीको कार्यसमिति सदस्य हुँदै २०२३ मा एनआरएनए आयरल्याण्डको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

    उनले नेपाल लाइब्रेरी फाउन्डेसनु को युरोप संयोजकको भूमिकामा रहेर नेपालका विभिन्न कारागार तथा विद्यालयहरूमा पुस्तकालय स्थापना गर्न महत्त्वपूर्ण योगदान दिएका छन्। साथै, विकट जिल्लाका विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण जस्ता मानवीय कार्यमा समेत उनको संलग्नता रहँदै आएको छ।

    आफ्नो प्रतिबद्धता पत्रमा उनले भनेका छन्, म र मेरो पुरै टिम आगामी २ वर्षको लागि सामाजिक कार्यमा आफ्नो निष्ठा र इमान्दारीका साथ काम गर्न प्रतिबद्ध छौँ। उनले आफ्नो टिममा अधिकांश सदस्यहरू वर्तमान कार्यसमितिमा रहेर अनुभव हासिल गरिसकेका व्यक्तिहरू रहेको र उनीहरूलाई पदोन्नतिसहित नयाँ जिम्मेवारीका लागि अघि सारिएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार