Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष पक्राउ

युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष पक्राउ

बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।  ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले सो अभियोगमा पक्राउ गरेको हो ।

    प्रभाष युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।  पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–४ एकान्तकुनाबाट पक्राउ गरेको हो । 

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार