Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नगर प्रमुखले तारकेश्वर नगरपालिका वडा ६ मा नगर अस्पतालको शिलान्यास गरे

नगर प्रमुखले तारकेश्वर नगरपालिका वडा ६ मा नगर अस्पतालको शिलान्यास गरे

बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । तार्केश्वर नगरपालिका- ६, स्थित धर्मस्थलीमा नगर अस्पतालको निर्माण हुने भएको छ।

    तार्केश्वर नगरपालिकाको १ करोड २६ लाख १८ हजार ५ सय २३ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त नगर अस्पतालको नगर प्रमुख कृष्णहरि महर्जनले आज शिलान्यास गरेका हुन्।

    images

    नगर अस्पताल भवनको शिलान्यास गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले जतिसक्दो छिटो नगर अस्पतालको भवन निर्माण गरि नगरबासीहरूलाई स्वास्थ्य सेवा दिन आतुर रहेको बताए।  शिलान्यास गरिएको भवन निर्माण समाप्त भए लगतै ओपिडी सन्चालन गरिने नगर प्रमुख महर्जनले बताए।

    आगामी असोज मसान्तमा सम्पन्न गर्नेगरि उक्त नगर अस्पतालको गत बैसाखमा माहाबाई जगन्नाथ बिल्डर्स प्रा। लि। नवलपरासीसँग ठेक्का सम्झौता गरिएको थियो।

    WhatsApp Image 2025-07-02 at 11.54.44 AM.jpeg
    undefined

    उक्त शिलान्यास कार्यक्रममा नगर उप प्रमुख सिर्जना बुर्लाकोटी अर्याल, स्वास्थ्य प्रमुख बिनोद कुमार शाह, सोही वडाका कार्यवाहक वडाध्यक्ष रामचन्द्र घिमिरेसहित सम्पूर्ण वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू साथै नगरपालिकाका कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

    नगरपालिका प्रशासनले उपस्थित सबै अतिथिहरू, कर्मचारी तथा ठेकेदार पक्षलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गराएकोमा धन्यवाद ज्ञापन गरेको छ।

    WhatsApp Image 2025-07-02 at 11.54.44 AM (2).jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार