Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । 

    जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैबिच महासंघले सुनमा विलासिता कर साउन १ गतेदेखि मात्रै  लागू हुने स्पष्ट पारेको छ । 

    ‘असार ५ गते आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूसँग भएको परामर्श अनुसार, मिति २०८२ साउन १ गते अघि सम्म सो विलासिता कर लागू नहुने स्पष्ट जानकारी प्राप्त भएको छ’, महासंघले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

     साथै यस सम्बन्धमा उत्पन्न समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग निरन्तर वार्ता र कूटनीतिक पहलहरू समेत भइरहेको महासंघले स्पष्ट पारेको छ।  महासंघले विलासिता कर खारेजीको माग गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार