Oct 29 2026 | २०८३ कार्तिक १३ गते

यूएईले ल्यायो भिजिट भिसा सम्बन्धी नयाँ नियम

यूएईले ल्यायो भिजिट भिसा सम्बन्धी नयाँ नियम

बैदेशिक रोजगार पोस्ट
बिहिवार, जेठ २४ २०८१
  • काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसा सम्बन्धी नयाँ नियम ल्याएको छ ।

    परिवर्तित नयाँ नियम अनुसार यूएई भम्रण भिसामा जाने पर्यटकको साथमा ३ हजार दिराम (नेपाली झण्डै १ लाख १० हजार रुपैयाँ) हुनुपर्ने भएको छ।

    images

    यूएईको राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार यूएई आउने पर्यटकहरूले विमानस्थल अध्यागमनमा ३ हजार दिराम नगद वा क्रेडिट कार्डमा सो बराबरको रकम देखाउनु पर्नेछ।

    साथै, बस्नको लागि होटल बुकिङ र फर्किने हवाइ टिकट पनि देखाउनु पर्नेछ। जाने र फर्किने टिकट एउटै पीएनआरमा बुकिङ भएको हुनुपर्ने नयाँ नियम जारी गरिएको छ ।भने होटल र टिकट बुकिङ ‘भ्यालिड’ हुनुपर्नेछ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार