Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल एयरलाइन्सको सर्भर ‘ह्याक’ गरेर काटियो टिकट

नेपाल एयरलाइन्सको सर्भर ‘ह्याक’ गरेर काटियो टिकट

मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं । नेपाल एयरलाइन्सको ‘सिस्टम ह्याक’ गरी अनधिकृत रूपमा टिकट काटेको खुलेको छ । यही जुन १४ मा काठमाडौं हुँदै बैंकक गएको नेपाल एयरलाइन्सको एउटा टिकट ह्याक गरेर काटिएको खुलेको हो ।

    सिस्टम ह्याक गरेर टिकट काटेको खुलेपछि एयरलाइन्सले प्रहरीलाई खबर गरेको थियो । ह्याक गरेर काटेको टिकटबाट बैंकक जान लागेका यात्रीलाई पक्राउ गर्न प्रहरी विमानस्थल पनि पुगेको थियो । तर, टिकट काटिएका व्यक्ति नै विमानस्थल पुगेनन् । र, बैंकक पनि गएनन् । अरू यात्रीसहित विमान उडेको थियो ।
     
    एयरलाइन्सको टर्कीमा रहेको सर्भरमा नै ह्याकर समूहले ‘अप्रोच’ पुर्‍याएर टिकट काटेको खुलेको छ । त्यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत चासो राखेर अनुसन्धान थालेको छ ।

    images

    एक प्रहरी अधिकारीले  भने, ‘‘यो एउटा टिकट मात्रै काटेको घटना हो । तर, यसको मकसद ठूलो हुनसक्छ । हामी अनुसन्धान गर्दै छौँ । यो ठूलो चुनौती हुनसक्छ ।’’

    प्रहरी अधिकारीका अनुसार, नेपाल एयरलाइन्सकै टिकट काट्ने एजेन्टको ‘कोड’ प्रयोग गरेर त्यस्तो कार्य गरेको देखिएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले भने घटनाबारे आफूलाई जानकारी नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार