तेल अभिभ महानगर क्षेत्रभित्र पर्ने बट याममा गरिएको मिसाइल प्रहारमा एउटा भवन प्रत्यक्षरूपमा लक्षित भएको देखिएको छ। घटनास्थलमा उद्दारकर्मीहरू घाइतेहरूलाई भग्नावशेषबाट निकाल्ने प्रयासमा जुटिरहेका छन्।
हामी नेपाली दूतावासका सबै कर्मचारीहरु सुरक्षित छौं । अरु नेपालीहरुबारे पनि नराम्रो खबर सुन्न परेको छैन । यसको अर्थ सबै नेपालीहरु सुरक्षित नै हुनुहुन्छ भन्ने विश्वास छ । फोन गरेर सम्पर्क गरिराखेको छु । ठिकै छ भन्ने खबर पाएको छु
नेपालीहरुबारे अप्रिय खबर छैन । हामीले सम्पर्क गरेर उद्धार गर्नुपर्ने भए पनि भन्नुहोला भनेका छौं । तर ९९ प्रतिशत नेपालीहरुले ‘जे पर्छ व्यहोरौंला, उद्धार नगर्नुहोला’ भन्नुभएको छ ।
इजरायली आपत्कालीन सेवा मगेन डाभिद अदोम (एमडीए) का अनुसार बट याम सहरमा १० वर्षीया बालिका, ६९ वर्षीया महिला र ८० वर्षीया महिलाको मृत्यु भएको छ। करिब १०० जना मानिस घाइते भएका छन्।
यसैगरी, इजरायली सञ्चारमाध्यमहरूका अनुसार, उत्तर इजरायलको टामरा सहरको एउटा बस्तीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
इजरायली रक्षा बल (आईडीएफ) ले अहिले केही मध्य र उत्तरी क्षेत्रका बासिन्दालाई ‘सुरक्षित ठाउँहरू छाड्न अनुमति’ दिएको जनाएको छ। यसअघि आईडीएफले सतर्कताबारे सूचना पाउनासाथ सुरक्षित ठाउँहरूमा जान र थप सूचना नआएसम्म त्यहीँ बस्न भनेको थियो।
देशभरका विभिन्न स्थानमा प्रहार भएका मिसाइलहरूको खोज र उद्धारको कामका लागि टोलीहरू पठाइएको आईडीएफले जनाएको छ। यता, इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सले शनिबार रातिको आक्रमणसम्बन्धी एक वक्तव्य सार्वजनिक गरेको छ।
कर्प्सका अनुसार, इजरायलका ‘लडाकु विमानको इन्धन उत्पादन गर्ने कारखाना र ऊर्जासम्बन्धी केन्द्रहरू’ लक्षित गरिएका थिए। वक्तव्यमा यदि इजरायली हमला जारी रह्यो भने इरानको प्रत्याक्रमण ‘झन् तीव्र हुने’ भनिएको छ ।
कर्प्सले इरानमाथि प्रहार गरिएका तीन क्रुज मिसाइल, १० ड्रोन र दर्जनौँ साना यूएभी ९मानव रहित हवाई सवारी० नष्ट गरिएको दाबी गरेको छ।



