Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ब्राजिल र कोलम्बियामा एनआरएनए तदर्थ समिति गठन

ब्राजिल र कोलम्बियामा एनआरएनए तदर्थ समिति गठन

आइतवार, आषाढ १ २०८२
  • ब्रासिलिया । कोलम्बिया र ब्राजिलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को तदर्थ समिति गठन गरिएको छ । दक्षिण अमेरिकाको ब्राजिल र कोलम्बियामा पहिलोपटक एनआरएनएको तदर्थ समिति गठन गरिएको हो ।

    कोलम्बियामा छत्रबहादुर मैनाली र ब्राजिलमा सन्देश लामिछानेलाई तदर्थ समितिको अध्यक्ष तोकिएको छ । मैनाली लामो समयदेखि कोलम्बियामा रहेर व्यवसाय गर्दै आएका नेपाली हुन् । 

    images

    कोलम्बियाको तदर्थ समितिका पदाधिकारीहरूमा लालबहादुर गुरुङ, सुन्दर तामाङ, धनबहादुर तामाङ, प्रेमबहादुर क्षेत्री र मिथुन थापा क्रमशः उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा जीतबहादुर गुरुङ, कमल शर्मा र महिला सदस्यमा प्रविना राई छन् । संघको सल्लाहकारहरूमा हर्कमान गुरुङ र उमेश थापा रहेको समेत संघले जनाएको छ ।

    ब्राजिलको तदर्थ समितिमा साहस चौधरी, कृष्ण मास्की, शंकर बास्कोटा, हरिकृष्ण रेग्मी र बबिता गुरुङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव, उपसचिव र कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा रिताकुमारी गोले, प्रदीप चौधरी र महिला सदस्यमा तारा गैरे रहेका छन् । तदर्थ समितिको सल्लाहकारहरूमा डा. कृष्ण पाठक र राम बस्नेत चयन भएका छन् ।

    ब्राजिल र कोलम्बिया हुँदै नेपालीहरू गैर कानुनी रूपमा अमेरिका जाने गरेका छन् । जसलाई ‘तल्लोबाटो’ भनेर चिनिन्छ । मैनालीले तल्लो बाटो हुँदै धेरै नेपाली अमेरिका छिर्ने गरेको बताएका छन् । उनी लामो समयदेखि त्यसरी जाने नेपालीहरूका बारेमा अध्ययन समेत गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार