Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाने

प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाने

शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले असार तेस्रो साता प्रधानमन्त्री ओली स्पेन जाने कार्यक्रम तय भएको जानकारी दिएकी हुन्। 
     
    उनका अनुसार ओली सेभिल सहरमा असार १६-१९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जाने भएका हुन्। 
      
    यसबारे नेपालले धेरै तयारी गरेको र यसबारे केहीदिन अघि भर्चुअल बैठक हुँदा प्रधानमन्त्री ओलीले सम्बोधन गरेको पनि उनले सुनाइन्। राणाका अनुसार कार्यक्रमको नेपाल आयोजक समिति सदस्य हो। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार