Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रीलङ्का सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध

श्रीलङ्का सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध

बिहिवार, जेठ २४ २०८१
  • श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बुधबार सरकारले वातावरणीय दिगोपनालाई प्राथमिकतामा राखेकाले सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध रहेको बताउनुभएको छ । 

    राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) का अनुसार विश्व वातावरण दिवस मनाउने कार्यक्रममा उहाँले भन्नुभयो, “श्रीलङ्काले शून्य कार्बन उत्सर्जनको विश्वव्यापी उद्देश्यलाई आफ्नो राष्ट्रिय नीतिमा समाहित गरेको छ ।”

    images

    यसको प्रमाणको रूपमा विक्रमासिङ्घेले प्रमाणपत्रका साथ श्रीलङ्काका १० उत्कृष्ट हरित रेलवे स्टेशनहरूलाई मान्यता दिनुभयो र राजधानी कोलम्बोबाट करिब एक सय एक किलोमिटर टाढा रत्नपुरामा वार्नगलावाट्टे वातावरणीय क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा तोक्नुभयो ।  

    सन् २०२३ मा जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले श्रीलङ्काले सन् २०४० सम्म कार्बन तटस्थता हासिल गर्ने अपेक्षा गरेको र आफ्नो कोइला पावर प्लान्टहरूको क्षमता नबढाउने प्रतिबद्धता गरेको उल्लेख गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार