Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

विदेश जाने कामदारलाई नेपालकै विमानस्थल प्रयोग गर्न विभागको आग्रह

विदेश जाने कामदारलाई नेपालकै विमानस्थल प्रयोग गर्न विभागको आग्रह

‘नक्कली कागजातमा खाडी देशहरूमा उडान भर्न खोजिरहेको भन्दै गत हप्ता मुम्बई विमानस्थलमा १० जना नेपाली नागरिक पक्राउ परेका थिए’

आइतवार, जेठ २५ २०८२
  • काठमाडौँ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि उड्नु अघि श्रम स्वीकृति यकिन गरेर नेपालको विमानस्थलबाट श्रम गन्तव्यमा जान आग्रह गरेको छ ।  विभागका प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले प्रेस विज्ञप्ति जारी गरी हालैका दिनहरूमा नेपाली श्रमिकहरू श्रम स्वीकृति (वर्क परमिट) नलिई भारतको विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारिको लागि विभिन्न देश गई रहेको भन्ने विषय सार्वजनिक भइरहेको र त्यसले  जोखिम बढाएको बताएका छन् ।

    श्रम स्वीकृति बिना वैदेशिक रोजगारमा जानेहरू शरीर बन्धक, मानव तस्करी, श्रम शोषण र दुव्र्यवहारको जोखिममा पर्न सक्ने प्रवक्ता शिवाकोटी बताउँछन् । वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुल्ला गरेका मुलुकको हकमा वैदेशिक रोजगार विभागको स्वीकृती लिई नेपालकै विमानस्थल प्रयोग गरी जान सकिने व्यवस्था गरेको तर कानुनको अवज्ञा गर्दै श्रम स्वीकृति नै नलिई, नक्कली श्रम स्वीकृति देखाइ अर्को मुलुकको विमानस्थल प्रयोग गरी जाने कार्य नरोकिएको भन्ने विषय व्यापक सुनिन थालेको शिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    images

    विभागले वैदेशिक रोजगार ऐन २०६४ ले तोके बमोजिम अन्तिम श्रम स्वीकृति लिए/नलिएको विषयमा वैदेशिक रोजगार विभागको वेवसाइटमा गइ आफ्नो विवरण यकिन गर्न सकिनेपनि स्मरण गराएको छ । गैरकानूनी रूपमा जाने वा पठाउने काम गरे/गराएमा कानून बमोजिम कारवाही गरिने विभागको भनाइ छ ।

    नक्कली कागजातमा खाडी देशहरूमा उडान भर्न खोजिरहेको भन्दै गत हप्ता मुम्बई विमानस्थलमा १० जना नेपाली नागरिक पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार