Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा १० महिनामा १२ सयभन्दा बढी नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा १० महिनामा १२ सयभन्दा बढी नेपालीको मृत्यु

“दैनिक चारजना भन्दा बढी नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा हुने गरेको छ”

सोमवार, जेठ १२ २०८२
  • काठमाडौं । बितेको १० महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको मृत्यु भएको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना अर्थात् २०८१ साउन १ गतेदेखि २०८२ वैशाख मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका क्रममा उनीहरुले ज्यान गुमाएका हुन् ।

    images

    बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा प्रत्येक महिना औसतमा १२१ जनाभन्दा बढी नेपालीको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको देखिन्छ । अर्थात् दैनिक चारजना भन्दा बढी नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा हुने गरेको छ ।

    वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीको मृत्यु युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, मलेसिया, कतार, कुवेत, ओमान र बहराइनमा हुने गर्छ । यूएईस्थित नेपाली दूतावासका अनुसार बितेको १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा २६१ जना नेपालीको मृत्यु भएको छ ।

    वैदेशिक रोजगारीका क्रममा हुने मृत्युमध्ये २१.४४ प्रतिशतको मृत्यु यूएईमा हुने गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार