Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजार उजुरी

१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजार उजुरी

आइतवार, जेठ ११ २०८२
  • काठमाडौं ।  वैदेशिक रोजगार विभागमा व्यक्तिगत ठगीको उजुरीको ओइरो लाग्ने गरेको छ । विभागका अनुसार गत साउनदेखि वैशाख महिनासम्म विभागमा व्यक्तिगत ठगीका ४ हजार ३९१ उजुरी परेका छन् । त्यसमा करोडौंको बिगो छ ।

    विभागका कर्मचारीहरू ठगीका ५० हजारदेखि ११ करोडसम्मका उजुरी परेको बताउँछन् । वैशाख महिनामा मात्रै ५५७ वटा उजुरी परेको विभागले जनाएको छ । यस हिसाबले विभागमा दैनिक २२ देखि २४ वटा उजुरी दर्ता हुने गरेको देखिन्छ । तर अनुसन्धान र अभियोजनका लागि जनशक्ति थोरै रहेकोे छ । अनुसन्धान र अभियोजनका लागि १ जना निर्देशक र ४ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् ।

    images

    प्रत्येक दिन डेढ दर्जन व्यक्तिलाई म्याद थप, बयान र मुद्दा दर्ता गर्नुपरेका कारण विभाग अत्यन्तै चापमा रहेको अनुसन्धान तथा मुद्दा शाखाका निर्देशक भिमसेन काफ्ले बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार