Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेतपछि कतारले पनि लगायो चर्को घाममा श्रमिकलाई काम लगाउन प्रतिवन्ध

कुवेतपछि कतारले पनि लगायो चर्को घाममा श्रमिकलाई काम लगाउन प्रतिवन्ध

बुधवार, जेठ २३ २०८१
  • काठमाडौं । कुवेतपछि कतारले पनि लगायो चर्को घाममा श्रमिकलाई काम लगाउन प्रतिवन्ध लगाएको छि । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारले पनि यस्तो निणर्य गरेको हो । कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले खुला कार्य क्षेत्रमा काम गर्ने कामदारका लागि जुन १ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि काम गर्ने समयसीमा तोकेको छ । 

    अबदेखि खुला कार्य क्षेत्रमा काम गर्ने कामदारलाई बिहान १० देखिदेखि अपराह्न साढे ३ बजेसम्मका लागि काम लगाउन पाइने छैन । नियम उल्लंघन गरी काममा लगाएमा कडा कारवाहीको चेतावनी समेत मन्त्रालयले दिएको छ । यस्तो निणर्यबाट अत्यधिक गर्मीको कारण श्रमिकमा बढ्ने ज्यानको जोखिम कम हुने अपेक्षा त्यहाँको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले गरेको छ । 

    images

    कतारको यस्तो निणर्यबाट त्यहाँ कार्यरत कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६ सय ५० नेपाली लाभान्वित हुनेछन् । यसअघि कुवेतले पनि  दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाउने नियम जारी गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार