Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्षबिच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्षबिच भेटवार्ता

शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोबिच भेटवार्ता भएको छ। टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ।

    भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन्। उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपत् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन्।

    images

    मन्त्री डा. राणाले पछिल्लो समयमा नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली–बर्दीबास सडकको पुनर्निर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा  गरेकी थिइन् ।

    भेटमा उनीहरूबिच नेपाल–जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपत् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि  कुराकानी भएकाे डा. राणाको सचिवालयले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार