Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एयर इन्डिया एक्सप्रेसले काठमाडौंमा नियमित उडान सञ्चालन गर्ने

एयर इन्डिया एक्सप्रेसले काठमाडौंमा नियमित उडान सञ्चालन गर्ने

शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौं । एयर इन्डिया एक्सप्रेसले अब काठमाडौँमा नियमित उडान सञ्चालन गर्ने भएको छ। एयर इन्डिया समूहअन्तर्गतको यस सहायक एयरलाइन्सले भारतको बैंगलोर र मुम्बईबाट दैनिक उडानका लागि अनुमति पाएको छ।

    जेठ १८ गते (जुन १०) देखि बैंगलोर–काठमाडौँ–बैंगलोर मार्गमा दैनिक उडान सुरु हुनेछ। उक्त उडान बिहान ८ः०५ बजे बैंगलोरबाट प्रस्थान गरी काठमाडौँ ९ः०५ बजे अवतरण गर्ने तालिका तय गरिएको छ। सोही दिन बिहान ९ः०५ बजे नै काठमाडौंबाट फर्कने तालिका छ।

    images

    यसअघि नेपाल एयरलाइन्सले काठमाडौँ–बैंगलोर उडान सञ्चालन गर्दै आएको थियो। तर हाल सो मार्गमा कुनै पनि नियमित उडान सञ्चालन भइरहेको छैन।

    एयर इन्डिया एक्सप्रेसको नयाँ सेवा सुरु भएपछि विशेष गरी बैंगलोरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई यात्रामा सहजता हुने अपेक्षा गरिएको छ।

    साथै, भारतबाट धार्मिक तथा सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकहरूका लागि पनि यो उडान लाभदायक हुने बताइएको छ। यस सेवाले नेपाल–भारतबीचको हवाई सम्पर्क तथा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार