पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी वर्षदेखि पालिकास्तरमा समेत रोजगार मेलाको आयोजना गर्ने बताएका छन् ।
यसपटक बिनाबजेट छोटो अवधिमा नै मेला गरेका गरिएकोमा आगामी वर्षमा भने यसलाई योजनवद्ध ढंगले पालिका पालिकामा मेलाको आयोजना गरिने उनले बताएका हुन् । उनका अनसार आगामी वर्षमा पालिकास्तरमा हुने मेला तीन वटै सरकारको समन्वयमा गरिनेछ ।
मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरु एकै ठाउँमा जम्काभेट हँदा रोजगारदताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्थाको अन्त्य हुने बताए ।
सोही अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पाण्डेले कृषिमा आधारित रोजगारी दिलाउन पहल गर्नुपर्ने बताउँद नेपालमा देखिएको बेरोजगारी समस्याले संविधानको स्थायित्वबारे पटक–पटक प्रश्नहरु उठिरहेको दावी गरे ।
विभिन्न खालका ३९ वटा स्टलहरु राखिएको मेलाको आयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन् भने होटल संघ नेपाल (हान)को संयोजन रहेको मेलाको सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका संस्थाहरु छन् ।
मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, नेपाल उद्योग वाणिज्य महासंघ, एनएमबि बैंक, पोखरा महानगर, नेपाल उद्योग परिसंघ, सीजी ग्रुप, होङ्सी सिमेन्ट, लगायतकाहरूले स्टल राखेका छन् ।



