Oct 30 2026 | २०८३ कार्तिक १४ गते

एनसेलको तीन नयाँ साप्ताहिक रिन्युअल प्याक सञ्चालनमा

एनसेलको तीन नयाँ साप्ताहिक रिन्युअल प्याक सञ्चालनमा

बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो माग ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि तीन नयाँ साप्ताहिक रिन्युअल प्याक सञ्चालनमा ल्याएको छ ।

    एक साताका लागि ग्राहकको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याक सञ्चालनमा ल्याइएका हुन् ।

    images

    आजदेखि यी प्याक लागु भएको एनसेलले जनाएको छ । भ्वाइस प्याक अन्तर्गत ग्राहकले ७ दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने ‘अल नेपाल कल भ्वाइस प्याक’ करसहित मात्र ९९ रुपैयाँमा लिन सक्छन् ।

    साताभरिका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन् । यसैगरी डेटामात्र चाहने ग्राहकले १ सय ५० रुपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् ।

    यी प्याकहरूको प्रमुख विशेषता हरेक साता प्याक आफैं रिन्यु हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याक लिनुपर्ने झन्झटबाट मुक्त बनाउने एनसेलको भनाइ छ ।

    ग्राहकहरूले ८१२३८९३ डायल गरी एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेता मार्फत यी प्याक लिन सक्छन् ।

    ग्राहकले आफ्नो आवश्यकता अनुसार सजिलै सेवा रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याक सञ्चालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ ।

    सेवा निर्वाध प्रयोग गर्न प्रत्येक ७ दिनको रिन्युअल अर्थात् नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनुपर्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार