Oct 28 2026 | २०८३ कार्तिक १२ गते

हुन्डीको रकमसहित काठमाडौँबाट एक जना पक्राउ

हुन्डीको रकमसहित काठमाडौँबाट एक जना पक्राउ

सोमवार, जेठ ५ २०८२
  • काठमाडौँ। प्रहरीले हुन्डीको रकमसहित काठमाडौँबाट एक जनालाई नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ घर भएका २४ वर्षीय संजय बस्नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    बस्नेतलाई गोप्य सूचनाका आधारमा काठमाडौँ–२४ जुद्दसालिकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

    images

    उनको साथबाट स्रोत नखुलेको २० लाख २९ हजार ६२० रुपैयाँ, आईफोन एकथान र हस्ताक्षर गरेको तथा विभिन्न बैंकका खाली चेक ३० थान बरामद भएको बोहराले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार