Oct 28 2026 | २०८३ कार्तिक १२ गते

१० महिनामा नेपालले आयात गर्यो १ अर्ब ७४ करोड बढीको पासपोर्ट

१० महिनामा नेपालले आयात गर्यो १ अर्ब ७४ करोड बढीको पासपोर्ट

मंगलवार, जेठ २२ २०८१
  • काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा नेपालले डेढ अर्ब रुपैयाँ भन्दा धेरैको पासपोर्ट आयात गरेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक बर्षको १० महिनामा गरेको पासपोर्टको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने घटेको देखिएको छ । 

    images

    गत आर्थिक वर्षको १० महिनाको अवधिमा १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँको पासपोर्ट भित्रिएको थियो । जसअनुसार आयात ३.२६ प्रतिशत अर्थात ५ करोड रुपैयाँले न्युन आयात भएको हो । 

    यस अवधिमा विदेशबाट ५६ हजार वटा पासपोर्ट आयात भएको छ । गत वर्षको सोही अवधिमा ६२ हजार ८४५ वटा पासपोर्ट आयात भएको तथ्याङ्कमा छ । नेपालमा आउने सबै पासपोर्ट फ्रान्सबाट आयात भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार