Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार व्यक्ति पक्राउ

ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार व्यक्ति पक्राउ

सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ७६ वर्षीय नरवीर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    राईले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार