Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

तीनकुने घटनालाई धर्म र आस्थासँग जोड्न मिल्दैन : गृहमन्त्री

तीनकुने घटनालाई धर्म र आस्थासँग जोड्न मिल्दैन : गृहमन्त्री

सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

    कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने उनले बताए ।

    images

    साथै, उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताए ।

    ‘तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्दछ । त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन,’ उनले भने, ‘हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित छ । जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन ।’

    गृहमन्त्री लेखेकले कुनै धर्म उत्कृष्ट र धर्न अनुत्कृष्ट भन्ने नहुने उनले बताए ।

    ‘कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन । कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन । धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन,’ गृहमन्त्री लेखकले भने ।

    गृहमन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित भएकाले कुनैपनि हालतमा उचित मान्न नसकिने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार