Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहल गरिदिन परराष्ट्रमन्त्री राणाको आग्रह

विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहल गरिदिन परराष्ट्रमन्त्री राणाको आग्रह

आइतवार, जेठ ४ २०८२
  • काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् ।

    सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा. राणाले सो आग्रह गरेकी हुन् । परराष्ट्रमन्त्री डा. राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका वैदेशिक रोजगारीमा इजरायल गएका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।

    images

    मन्त्री डा. राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरिन्  । मन्त्री डा. राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गर्दै आएकी छन् ।

    सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री डा. राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार