Oct 28 2026 | २०८३ कार्तिक १२ गते

परिवार नै चोरीमा संलग्न, पाँचजना पक्राउ

परिवार नै चोरीमा संलग्न, पाँचजना पक्राउ

शुक्रवार, जेठ २ २०८२
  • कामठाडौं । प्रहरीले चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१०, शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास बिक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय विमल बिक छन् ।

    images

    त्यसरी नै सुवासकै मामा पोखरा महानगरपालिका–१०, गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा, सुवासकै फुपुका छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका–११, दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका–२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ३३ वर्षीय सुरेश बिक छन् ।

    पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायत विभिन्न स्थानमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला आठ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवम् चोरीमा प्रयोग भएको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकल र ग.२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

    उनीहरूले हालसम्म पोखराको नौ स्थान र तनहुँको तीन स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार