Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सहकारी ठगी प्रकरण

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट हर्न नमिल्ने भएको छ ।

    आइतबार लामिछानेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको थियो ।

    images

    त्यसैगरी नारायण पहराई समेतको जाहेरीले रवि लामिछाने र छविलाल जोशी विरुद्ध परेको सहकारी ठगीसम्बन्धी मुद्दा पनि आइतबार पोखरेल र ढकालकै बेञ्चमा पेशीमा चढेको थियो । यी दुबै मुद्दाहरु पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेका छन् ।

    न्यायाधीशहरु यसअघि रविको मुद्दाको सुनुवाईमा संलग्न रहेका कारण मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

    गत वैशाख ७ गते रवि लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको थियो ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरले उक्त आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउन भनेपछि लाछिाने यतिबेला भैरहवा कारागारमा छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार