Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चिनियाँ विदेशमन्त्री र भारतका सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता

चिनियाँ विदेशमन्त्री र भारतका सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता

आइतवार, बैशाख २८ २०८२
  •  काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबीच शनिबार टेलिफोन संवाद भएको छ ।

    चिनियाँ विदेश मन्त्रालयले यो टेलिफोन वार्ताबारे एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख छ, ‘२०२५ मे १० मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग फोनमार्फत वार्ता गर्नुभयो।’

    images

    डोभालले वार्ताका क्रममा पहलगाममा भएको आतंकवादी आक्रमणले भारतीय नागरिकहरूलाई गम्भीर क्षति पुगेको छ, जसका कारण भारत कडा आतङ्कविरोधी कदम चाल्न बाध्य भएको बताएका विज्ञप्तिमा उल्लेख छ ।

    युद्ध भारतको रोजाइ नभएको र यो कुनै पनि पक्षको हितमा नभएको पनि उनले बताएको विज्ञप्तिमा जनाइएको छ । ‘भारत र पाकिस्तान युद्धविरामको प्रतिबद्धतामा छन् र क्षेत्रीय शान्ति तथा स्थायित्व छिट्टै पुनःस्थापनाको दिशामा प्रयासरत छन्’, दोभालको भनाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले जनाएकोछ ।

    टेलिफोन वार्तामा वाङ यीले पहलगाम आक्रमणको चीनको तर्फबाट निन्दा गरेका छन् । ‘चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्छ’, अहिलेको विश्व परिस्थिति जटिल भएको उल्लेख गर्दै उनले एशियामा शान्ति कायम राख्नु अत्यन्त आवश्यक भएको जोड दिंदै बताए ।

    उनले थपे, ‘भारत र पाकिस्तान यस्ता छिमेकी हुन् जसलाई परिवर्तन गर्न सकिँदैन, र यी दुवै चीनका पनि छिमेकी हुन् । चीन भारतको युद्ध चाहँदैन भन्ने अडानको कदर गर्छ ।’

    चीनले भारत र पाकिस्तानले मिलेर वार्ताको माध्यमबाट स्थायी शान्तिको दिशा समात्नु आवश्यक रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, ‘किनभने यही दुवै देश र सम्पूर्ण विश्वको हितमा हुन्छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार