Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बस्ने ५६ वर्षीय सुजन कुमार उप्रेती र धादिङ घर भई चन्द्रागिरि बस्ने  २९ वर्षीय उमेश गुरुङ रहेका छन् ।

    उप्रेतीले माल्टा लैजाने भन्दै पीडितबाट २४ लाख रुपैयाँ पैसा लिएर लामो समयसम्म झुक्क्याएर राखेको र गुरुङले युएई पठाइदिन्छु भन्दै छ लाख रुपैयाँ लिएर नपठाएको भनेर पीडितले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    images

    उनीहरूलाई दुवैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ  ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार