Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दक्षिण कोरिया पठाइदिन्छु भन्‍दै ठगेको आरोपमा एक महिला पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्‍दै ठगेको आरोपमा एक महिला पक्राउ

मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौं-३२ बस्‍ने ५१ वर्षीया मुना कार्की रहेकी छिन् । उनलाई  अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं १२ बाट पक्राउ गरको हो ।

    images

    उनले बेरोजगार युवालाई झुक्यानमा पारेर दक्षिण कोरिया लैजाने भन्‍दै ३ लाख ४० हजार लिएर लामो समय सम्पर्कविहीन भएको पीडितको आरोप छ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार