Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए विवाद

बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा

बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा

सोमवार, बैशाख १५ २०८२
  • गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै वैशाख १० गते रिट दर्ता गरेका थिए । डा बद्री केसी, डा हेम राज शर्मा तथा अन्य सम्पूर्ण पदाधिकारीलाई प्रतिवादी बनाइ विश्वभर रहेका संघका सदस्यहरूको प्रतिनिधित्व गर्दै रिट दर्ता गरिएको उनको भनाइ छ ।

    सर्वोच्च अदालतको स्पष्ट आदेश अनुसार संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गरिनुपर्ने भएपनि बद्री केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गरेको निवेदनमा जिकिर गरिएको छ ।

    images

    सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले तीन पटकसम्म पत्र पठाएर कार्यान्वयनका लागि आग्रह गरेपनि उनले वेवास्ता गरेको रिटमा उल्लेख छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार