Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

नौ महिनामा यूएईमा २२६ जना नेपालीले ज्यान गुमाए

नौ महिनामा यूएईमा २२६ जना नेपालीले ज्यान गुमाए

'यूएईमा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपालीको मृत्यु भएको देखिन्छ'

शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । बितेको नौ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा ज्यान गुमाउने नेपालीको संख्या २२६ पुगेको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिना (०८१ साउनदेखि चैत मसान्तसम्म) मा उनीहरूको मृत्यु भएको हो ।

    दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ को साउनमा ३० जना, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७ र चैतमा १७ जना नेपालीको मृत्यु भएको छ ।

    images

    पछिल्लो नौ महिनामा यूएईमा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ ।

    गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष यूएईमा प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु भएको थियो ।

    नेपाली दूतावासका अनुसार यूएईमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले ज्यान गुमाउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार