Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बर्खे अधिवेशन

संघीय संसद्को बर्खे अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले आजै संसदमा सम्बोधन गर्दै

संघीय संसद्को बर्खे अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले आजै संसदमा सम्बोधन गर्दै

शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौँ । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।

    नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय/समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।

    images

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि हुने अनुमान छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ ।

    त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुने जनाइएको छ । यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पु¥याउन कोसिस हुनेछ । संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनमा शिक्षक आन्दोलन राजावादीको प्रदर्शनलगायतका समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार