Oct 28 2026 | २०८३ कार्तिक १२ गते

३ वर्षमा करिब २१ लाख वैदेशिक रोजगारी म्यादी बिमा जारी, बैशाखमा मात्रै २ अर्ब ५८ करोड शुल्क आर्जन

३ वर्षमा करिब २१ लाख वैदेशिक रोजगारी म्यादी बिमा जारी, बैशाखमा मात्रै २ अर्ब ५८ करोड शुल्क आर्जन

सोमवार, जेठ २१ २०८१
  • काठमाडौँ । गएका तीन बर्षमा साढे २० लाख भन्दा बढी वैदेशिक रोजगार बिमालेख सक्रिय भएको छ । 

    बीमा प्रधिकरणले जारी गरेको तथ्याङ्क अनुसार गएको तीन बर्षमा २० लाख ७० हजार २६२ वटा वैदेशिक रोजगार बिमालेख सक्रिय भएको जनाएको हो । 

    images

    यता, चालु आर्थिक वर्षको १० महिनामा मात्रै वैदेशिक रोजगार बिमामार्फत २ अर्ब ५८ करोड १० लाख ६० हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ।

    बैशाख महिनामा मात्रै कम्पनीहरुले २९ करोड ७१ लाख ७१ हजार रुपैयाँ बिमा शुल्क वैदेशिक रोजगार बिमा जारी भएको थियो।

    हाल नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी) नेपाल, आइएमई लाइफ, मेट लाइफ, रिलायवल लाइफ, सुर्याज्योति लाइफ, सन नेपाल लाइफ, सिटीजन लाइफ, प्रभु लाइफ र सानिमा लाइफले वैदेशिक रोजगार बिमाको काम गदै आएका छन्।

    पछिल्लो समय वैदेशिक रोजगार बिमालाई पुलमार्फत सञ्चालन गरिएको छ। विदेशी जाने कामदारले अनिवार्यरूपमा म्यादी बिमा लागू गरिएको छ।

    गएको एक दशकमा बैशाख मसान्तसम्म आइपुग्दा वैदेशिक रोजगार बीमाको दायित्व ७१ अर्ब २० करोड १० लाख रुपैयाँ पुगेको प्राधिकरणको तथ्यांकमा छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार