Oct 28 2026 | २०८३ कार्तिक १२ गते

९ महिनामा राष्ट्रिय वाणिज्य बैंक नाफा ४९.३७ प्रतिशतले घट्यो

९ महिनामा राष्ट्रिय वाणिज्य बैंक नाफा ४९.३७ प्रतिशतले घट्यो

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाफा ४९.३७ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामा बैंकको नाफा १ अर्ब २० करोड ४३ लाख रुपैयाँमा झरेको छ ।

    बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँले घटेको छ भने बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    images

    बैंकको विरणयोग्य नाफा २ अर्ब ४६ करोड २१ लाखबाट घटेर १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक भएको छ । खुद ब्याज आम्दानी ७ अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ । १५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको  बैकको जगेडा कोषमा ३५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर यो वर्षको चैतसम्ममा ३७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

    बैंकको खराब कर्जा  ४ प्रतिशत  रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार